रुपेन्द्र पटेल गरुडा ५ बैशाख ।
रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी एवं राजपाका क्षेत्रीय अध्यक्ष कन्थमनी जयसवालले शुक्रबार पनि रौतहटको गढीमाई नगरपालिका वडा नं—३ लक्ष्मीपुर गमहरियाको मुसहर वस्तीमा ४६ जना गरिब विपन्न घर परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि सांसदका प्रत्यासी नेता जयसवालले आफ्नो ब्यक्तीगत लगानिमा सहि गरिबीको पहिचान गरि राहत वितरण गरेका हुन । नेता जयसवालले लगातार ३ दिन देखि आफ्नो व्यक्तीगत लगानिमा रौतहटको गरुडा र गढीमाई नगरपालिकाकाको विभिन्न स्थानमा राहत वितरण गर्दै आएका छन् । उहाँले जिल्लाको गरुडा नगरपालिका वडा नं—४ मा ७५ जना र गरुडाका वडा नं—२ मा ३८ जना र गरुडा वडा नं—३ मा २७ जना र गढीमाई नगरपालिका वडा नं—३ मा ४६ जना गरि कुल १८६ जना गरिब, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई राहत वितरन गरेका छन । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ सही गरिब परिवारहरुलाई पहिचान गरि नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत वितरण गरेका हुन । नेता जयसवालले समस्यामा परेका गरिब, दलित, अपांग तथा विपन्न परिवारलाई विगत लामो समयदेखि सहयोग र राहत दिदैं आएका छन् । यस अघि उहाँले बाढी पिडितलाई राहत वितरण गरेका थिए । शनिबार पनि उहाँले राहत वितरण गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here