अशोक पहाडी
रौतहट,५ बैशाख ।
जिल्लाको चन्द्रपुर नगरपालिकामा लकडाउनका कारण मानसिक सन्तुलन गुमाएकाहरु भोकभोकै भएका छन् ।
पुर्व पश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुरमा बाहिर जिल्लाबाट समेत मानसिक सन्तुलन गुमाएकाहरुलाई ल्याएर छाडिने गरिएको थियो । चन्द्रनिगाहपुर पुर्व पश्चिम राजममार्गमा चल्ने बसले खाना खाने स्थानका रुपमा समेत परिचित रहेका कारण बाहिरी जिल्लाका मान्छेले खान पाउछन भनेर ल्याएर छाडिदिने गरेका थिय । पछिल्लो समय लकडाउनका कारण उनीहर राजमार्गमा भोकभोकै बस्न बाध्य भएका छन् ।
स्थानीय तहले समेत उनीहरुको ब्यावस्थापनमा चासो नदिएका कारण उनीहरु भोकै मर्ने अवस्थामा पुगेको चन्द्रनिगाहपुरका स्थानीय युवा रबीराना मगरले बताए ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा मात्र दुई दर्जन बढी मानसिक सन्तुलन गुमाएका महिला तथा पुरुष रहेको स्थानीयको अनुमान रहेको छ ।
केही स्थानीयले यस्ता मानसिक सन्तुलन गुमाएकाहरुलाई खान दिने गरेको भएपनि अधिकांस राजमार्गमै भौतारिने गरेका छन् ।
चन्द्रपुर नगरपालिकाले मानसिक सन्तुलन गुमाएर चोक बजारमा यत्रतत्र भोकै हिडन बाध्य रहेकाहरुको लागि खानाको ब्यावस्था गर्नुपर्ने चन्द्रनिगाहपुरका स्थानीय युवा मुकेश गिरीले बताएकाछन् ।
लकडाउनका कारण यहाँका होटलहरु समेत बन्द रहेका कारण उनीहरुले भोकै बस्नुपर्ने बाध्यता रहेको छ । मानसिक सन्तुलन गुमाएकाहरुको अवस्था नाजुक रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।
जनप्रतिनिधिहरु कोरोनाको महामारी बिच राहत बाँड्न ब्यस्त रहेका बेला राजमार्गमा मानसिक सन्तुलन गुमाएकाहरु भने भोकै मर्नुपर्ने अवस्था आएको चन्द्रनिगाहपुरका ब्यापारी राजेन्द्र तिवारीले बताए ।
आज केही मानसिक सन्तुलन गुमाएर भोकै बस्न बाध्य रहेकाहरुलाई चन्द्रनिगाहपुरमा रहेको प्रणामी डेरीका संचालक जानुका सापकोटाले खाना खुवाएकी थिइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here