रमेश यादव गरुडा ५ बैशाख । रौतहट क्षेत्र नं—४ का सांसदका प्रत्यासी एवं राजपाका क्षेत्रीय अध्यक्ष कन्थमनी जयसवालले शुक्रबार पनि रौतहटको गढीमाई नगरपालिका वडा नं—३ लक्ष्मीपुर गमहरियाको मुसहर वस्तीमा ४६ जना गरिब विपन्न घर परिवारलाई राहत वितरण गरेका छन् । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि सांसदका प्रत्यासी नेता जयसवालले आफ्नो ब्यक्तीगत लगानिमा सहि गरिबीको पहिचान गरि राहत वितरण गरेका हुन । नेता जयसवालले लगातार ३ दिन देखि आफ्नो व्यक्तीगत लगानिमा रौतहटको गरुडा र गढीमाई नगरपालिकाकाको विभिन्न स्थानमा १८६ गरिब परिवारलाई राहत वितरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here