बिजयपुर ६ बैशाख ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाअन्तरगत एक ५५ वर्षीय पुरुषद्धारा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । रौतहटमा लकडाउनको अवधिमा भएको यो तेस्रो बलात्कारको घटना हो । फतुुवा बिजयपुर नगरपालिका–५ का ५५ वर्षीय वारीस अन्सारीले सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई बिहीबार राति बलात्कार गरेका हुन् । बिहीवार राति शौच गर्न आफ्नो घर बाहिर निस्केको बेला अन्सारीले बालिकालाई ललाई–फकाई आफू सुत्ने गोठमा लगेर करणी गरेका थिए । बालिकालाई खाज्दै गएकी पीडित बालिकाकी आमाले करणी गर्दा गर्दै रंगे हात पक्राउ गरेकी थिइन् । तर आमालाई धक्का दिएर आरोपी अन्सारी फरार भएका थिए । घटना लगतै उनले गरेको खबरको आधारमा ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख ईन्सपेक्टर चन्द्रकिशोर साहको कमाण्डमा गएको टोलीले गाँउको घेरा हालेर खोज तलास सुुरु गएको थियो । घटनाको झण्डै ३ घन्टा पश्चात गाँउकै एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी बिहान ३ बजे पक्राउ परेको ईन्सपेक्टर साहले जानकारी दिए । पिडित बालिका र पिडकको शुक्रबार जिल्ला अस्पताल गौरमा स्वास्थ्य परिक्षण भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको बाबुले दिएको जाहेरीको आधारमा जबर्जस्ती करणीबारे मुद्दा दर्ता गरी जिल्ला अदालत गौर बाट ५ दिनको म्याद थमाएर अनुुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here