ओम प्रकाश यादव गरुडा ८ बैशाख । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा आज सयौ परिवारलाई राहत वितरण गरिएको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइर फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण ज्याला मजदुरी गरी गुजारा चलाउनेहरुको दैनिकि कष्टकर बनेपछि त्यस्ता गरिव तथा अति विपन्न पविारहरुलाई खानाको अभावमा मर्न नपरोस भन्ने उदेश्यका साथ राहत वितरण गरिएको छ । खेसरहियाका ३ सय २० परिवारलाई प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, ३ किलो आलु, १ किलो तेल र १ किलो नुन वितरण गरिएको नगर प्रमुख विरेन्द्र यादवले बताएका छन । अहिलेसम्म माधवनारायण नगरपालिकाको वडा नं ९, १, ४ र २ मा राहत वितरण भइसकेको र बाँकी ३, ५, ६, ७ र ८ नं वडामा राहत वितरण गर्न बाँकी रहेको मेयर यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here