अशोक पहाडी
रौतहट,८ बैशाख ।
रौतहटमा एकजना युवाको हत्या भएको छ । जिल्लाको कटहरिया नगरपालिका १ भसेडवा टोमा गएराती एक युवाको कुटपिट बाट हत्या भएको हो ।
स्थानीय रामएकबालक राय को २५ बर्षिय छोरा सन्जिव रायलाई गाउकै केही व्यक्तिहरुले हत्या गरेको बताइएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले स्थानीय राधेश्याम दासलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन । यादवलाई बाँसको चिर्पटले हानेर हत्या गरेको डिएसपी महतोले बताए ।
मृतकको शबलाई पोस्टमार्टमका लागि गौर अस्पताल लगिएको र घटनाको अनुशनधान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here