गौर, ८ वैशाख ।
रौतहटको गुजरा नगरपालिका वडानं—४ जंगलसहीया नजिकै लालबकैया खोला छेउमा सशस्त्र प्रहरीको गस्ती टोलीले लागुुऔषध गाँजा बरामर गरेको छ । सशस्त्र प्रहरी ११ नम्बर गणका प्रमुख एसपी रविनराज कर्ण्जितको कमाण्डमा गएको टोलीले गुुजरा नगरपालिका वडा नं—४ लालबकैया नदिको किनारमा साढे ९ किलो गाँजा बरामद गरेको हो । लकडाउनको अवस्था बारे गौर,बौधीमाई,बिजयपुर हुँदै जंगलसहीया तर्फ अनुगमन गर्दै जाने क्रममा आईतबार साँझ एक नम्बर नखुलेको मोटरसाईकलमा एक पोका बोकेर एक जना मानिस सिम्रीटोल बाट पेटभरवा गाँउतर्फ गईरहेका थिए । प्रहरीको गाडी हेरेर टाढैं बाट पोका फालेर मोटरसाईकल चालक भागेपछी संकाको आधारमा चेकजाँच गर्दा उक्त गाँजा बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी कर्ण्जितले बताएका छन् । बरामद गाँजा सोमबार आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय रौतहटमा बुुझाईएको सशस्त्र प्रहरी ११ गण्ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here