रौतहट,१० बैशाख । चन्द्रपुर नगरपालिका वडानं ५ ले दोस्रो चरणको राहत बितरण आजबाट सुरु गरेको छ । यस भन्दा पहिला सो वडाले ५६० जनालाई राहत बितरण गरेको थियो । अति बिपन्न परिबार लाई आज देखि राहत सामग्री पुन बितरण गर्न थालिएको छ । चन्द्रपुर नगरपालिकाको वडानम्बर ५ को कार्यालय परिसरमा सामाजिक दुरी कायम गर्दै राहत सामग्री बितरण गरिदैछ । राहत सामग्री लिन आउनेहरुको वडा कार्यालयमा घुईचो रहेको छ तर प्रहरी र स्वयम सेबकको सहयोगमा वडासमितिले सहज तरिकाले खाध्यसामग्री बितरण गर्दैछ । खाध्य सामग्री पाएपछि अब आफनो जीबन निर्बाह हुने जोगिन्द्र दास तत्माले बताए । वडा भित्र बसोबास गर्ने जो सुकै लाई समान तरिका बाट राहत सामग्री बितरण गरिएको छ । कोही भोकै नपरुन, कोही राहत सामग्री लिन बाट बन्चित नहुन र सबै नागरिकको उद्धार हुनु पर्दछ भन्ने मान्यताका साथ आफुले राहत सामग्री बितरणमा ध्यान दिएको वडाअध्यक्ष सञ्जय काफलेले बताए ।