सर्लाही १० बैशाख ,सर्लाहीको लालबन्दी नगरपालिका-१५, परवानीपुरमा क्वारेन्टाइनमा एक शिशुको मृत्यु भएको छ। परवानीपुर शीरफुलजोरका तारादेव वाइबा (तामाङ) का अन्दाजी पाँच महिने छोराको मृत्यु भएको हो। उनीहरू तीनदिनदेखि परवानीपुरस्थित झल्ला चौडीमा रहेको विद्यालयमा निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा राखिएको थियो। इँटा उद्योगमा काम गर्ने तारादेव र उनकी श्रीमती तीन दिनअघि मात्रै त्यहाँ आएको बुझिएको छ। लालबन्दी नगरपालिका १५ नंं वडाका वडाध्यक्ष गोरखबहादुर बलले शिशुको चिसोका कारण मृत्यु भएको आशंका गरिएको र थप जानकारी लिन लालबन्दीबाट स्वास्थ्यकर्मी घटनास्थलमा आएको बताए। थाहा खबंंरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here