गरुडा १६ बैशाख । रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको भन्दै कोरोना भाइरसको संभावित जोखिमलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालयले दुई ठाउँको ईलाका सील गरेको हो । मंगलवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोना संक्रमित फेला परेको व्यक्तिको गाउँ आसपासको क्षेत्रलाई अति संवेदनशीलको रुपमा तोकेर ईलाका सील गर्ने निर्णय गरेको हो । बृन्दावन नगरपालिका ९ भुषहाको दक्षिणमा भिमडावर गाउँ, उतरमा आकरपाथर गाउँ, पच्छिममा बहुअरी र बरगजवा तथा पुर्वमा विर्ता गरी यी चार गाउँलाई एउटा ईलाका तोकेर सील गरिएको छ भने अर्को देवाही गोनाही नगरपालिका १ नहरटोल पुर्वमा कन्जुल मस्जिद, पच्छिममा लाल बकैया नदिको नहर, दक्षिणमा नहर मन र उतरमा खेसरहिया गाउँ गरी यी चार गाउँलाई एउटा इलाका तोकेर सील गरिएको हो । सील गरिएको इलाका भित्रका व्यक्तिहरुलाई अर्को आदेश नआउन्जेलसम्म बाहिर निस्कन र उक्त इलाका भन्दा बाहिरका व्यक्तिलाई यस इलाकामा प्रवेस गर्न पुर्ण रुपमा रोक लगाइएको हो । सील गरिएको ईलाकाबाट कुनै पनि व्यक्ति बाहिर निसके वा अन्यत्रबाट सील गरिएको इलाकामा प्रवेस गरेमा कानुन बजोजिम कडा कार्यवाही गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम नरेश साहले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएका बृन्दावन नगरपालिका ९ का ति पुरुष १० दिनदेखी घरपरिवारमा बसिरहेका कारण निजको घर परिवार तथा संक्रमण हुन सक्ने संभावना देखिएको र देवाही गोनाही नगरपालिका १ का संक्रमित समेत क्वारेन्टाईनमा बस्नु अघि घर परिवार तथा ससुरालीमा बसेको पाईएकोले उनिहरुको परिवार एवं समुदायलार्ई समेत मास स्क्रीनिंग गर्नुपर्ने भएको हुँदा इलाका सील गरिएको उहाँले बताउनुभयो । संक्रमित दुवै जनाको परिवार एवं समुदायको मास स्क्रीनिंग भई त्यसको रिपोर्ट नआउन्जेलसम्मको लागि इलाका सील गरिएको नायब सुब्बा साहले बताउनुभयो । यसअघि पनि जिल्लाको इशनाथ नगरपालिकाको औरैया क्वारेन्टाईनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो तर उनी स्वस्थ भएर घर फर्किसकेका हुन ।

तस्वीर गुगलबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here