अशोक पहाडी
रौतहट १६ वैशाख ।
रौतहटमा दुइजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको वृदावन नगरपालिका ९ निवासी २५ वर्षिय पुरुष तथा देवाही गोनाही १ का अर्का ३५ वर्षिय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा बसेर यहीँ बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा। श्यामबाबु शाहले जानकारी दिए। उनका अनुसार प्रादेशिक ल्याव जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई केन्द्रिय प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ आएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुबै संक्रमितहरुको कन्ट्याक ट्रेसिङ्ग गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here