अशोक पहाडी
रौतहट, १७बैशाख ।
गत शुुक्रवार बेमौषमी बर्षासंगै परेको असिनाले मेवाखेतीमा ठुुलोक्षती भएको छ ।
जिल्लाको बृन्दाबन नगरपालिका वडा ९ स्थित परवेज आलमले लगाएको ब्यवसायीक मेवाखेतीमा आधी किलो सम्मको असिनाको कारण ठुुलोक्षती भएको हो ।
असिनाले पाकेर बिक्रिका लागि तयार मेवा नष्ट भएको हो । अधिकांस मेवामा खत भएको र अधिकांस पातहरु झरेकाले मेवाखेतीनै प्रभावित भएको किसान आलमले बताएका छन ।
साढे दुुई बिगहा आफनो १५ कठा भाडामा लिएर गतबर्ष बैशाख महिना देखी गरीएको मेवाखेती बाट दुुईमहिना अघिदेखी मेवा टिप्न सुुरु गरीएको आलमले बताएका छन ।
भारत बाट बिउ मगाएर ताईवान रेडलेडी सातसय ८६ ब्राण्डको तिनहजार पाँचसय मेवाको बोट असिनाले क्षतीभएर झण्डै २० लाख बराबर नोक्सानी भएको पिडित किसान परवेज आलमले जानकारी गराएका छन ।
क्षतीपछी बृन्दाबन नगरपालिकाका मेयर रामस्नेही यादवले स्थलगत निरिक्षण समेत गरेको बताउदै क्षतीपुुर्ती दिलाउन आलमले सरकारसंग माग गरेका छन ।
लकडाउनको सुुरुमा पाकेको मेवा बजार सम्म पुर्याउन कठिन थियो हाल मुश्लिमहरुको रम्जान पर्व सुुरुभएपछी स्थानिय स्तरमै बिक्री भईरहेको किसान आलमले जानकारी दिएका छन ।
नेपालमा आउने मेवा मध्ये अधिकांस ८० प्रतिसत भारत बाट आयातहुने देखेर रौतहटेली किसान पछिलो समय ब्यवसायीक मेवाखेती गर्न आकर्षित भएका छन ।
हाल मौलाुपर,बृन्दाबन,फतुुवा बिजयपुर र चन्द्रपुर नगरक्षेत्र अन्तरगत आधादर्जन किसानले मेवाखेती सुुरुगरेका छन ।
अन्य खेतीको तुलनामा मेवाखेतीमा राम्रो आम्दानी हुने भएपनी पटक पटक आएको हावाहुुरी र असिनाले ठुुलोक्षती पुर्याएकाले सरकारले पिडित किसानलाई क्षतीपुुर्ती दिनुुपर्ने जानकारहरुको भनाईछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here