श्याम कार्की,

रौतहट, १७ वैशाख / रौतहटमा मंगलबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका दुबैजना पुरुष लकडाउन अवधिमा नेपाल आएका खुलेको छ ।
नेपाल सरकाले लकडाउन घोषणा गरेसँगै नेपाल–भारत सिमासिलगरिएको छ । यस अवधिमादुबै देशमा आवतजावत पूर्ण रुपमाबन्देज गरिएको छ ।
दुबै संक्रमितपुरुष लकडाउन अवधिमाचोरबाटो हुँदै नेपालप्रवेश गरेकाहुन् । वृन्दावन नगरपालिकाक ासंक्रमित २४वर्षिय पुरुष चैत्र १७गते र देवाहीगोनाही वडा नम्बर १ मा संक्रमित ३५ वर्षिय पुरुष वैशाख ६ गते चोरबाटो हुँदै भारतबाट नेपालआएका हुन् । यसअघि रौतहटका पहिला संक्रमित इशनाथ नगरपालिकाका युवापनि लकडाउन अवधिमै चोरबाटो हुँदै नेपालआएका थिए ।
हालउनीउपचार पश्चातनिको भएर घर फर्किसकेका छन् ।
क्वारेनटाइनबाटफर्केको १० दिनपछि कोरोना संक्रमण पुष्टि
मंगलबार संक्रमण पुष्टि भएका वृन्दावन नगरपालिका वडा नम्बर ९ भुषाहा टोलका २४वर्षिय पुरुषमाक्वारेन्टाइनबाट फर्केको दशदिनपछि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ६ को एन्फाको महिला एकेडेमीको क्वारेनटाइनमा बसेका ती युवक गत बैशाख ६ गते प्रदेश नम्बर २ कोप्रादेशिक अस्पताल जनकपुरको ल्यावबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्केका थिए ।
भारतको दिल्लीमाकाम गरेर चैत १७गते नेपालआएकाउनी २२ गते सो क्वारेनटाइनमा बस्दै आएकाथिए । उनकोवैशाख २९ गते नेगेटिभ रिपोर्ट आएपछि वैशाख ६ गते घर फर्काइएको थियो । तर ३ दिन अघि उनको स्वावपुनः काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्यप्रयोगशालामापरिक्षण गर्दा उनमासंक्रमण पुष्टि भएको हो ।
घर फर्किए लगतै उनीआफ्नो घर बनाउने र गहँु बालीभित्र्याउने काममा लागेको सो वडाका वडा अध्यक्ष शेख नजिरले जानकारी दिए । ती युवकको घर गाँउको कुनामा भएको र यो बीचमा उनी आफ्नै घरायसी कामम ाव्यस्त रहेकागाँउलेसँग कम घुलमिल भएको उनको भनाइ छ । उनमाकोरोना संक्रमण पुष्टि भएसँगै उन कीश्रीमती, दुइछोरी, भाइ , घर बनाउने मजदुर, गहुँझार्न प्रयोग गरेको थ्रेसर चलाउने मजदुर सबै गरे १७जनालाई चन्द्रपुर स्थित क्वारेनटाइनमा राखिएको छ ।
भारतको कोलकत्तामा मजदुरी कामगर्दै आएका सो युवक भारतका विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण फैलिएपछि घर फर्किएका थिए । उनी भारतबाट खाद्यान्नबोक्ने ट्रयाक्टर र केही स्थानमा पैदल हिँडेर नेपाल–भारत सीमामा आइपुगेको र त्यहाँको चोरबाटो हुँदै चैत १७गते नेपाल प्रवेश गरेका थिए ।उनीसँगै अन्य चार जना थिए । ४ दिन घर बसेपछि स्थानीयले थाहापाएर उनीहरुलाई चैत्र २२ गते चन्द्रनिगाहपुर क्वारेन्टाइनमा ल्याएकाथिए ।उनीसँगै आएकाअन्यचारजनाको भने रिर्पोट नेगेटिभ आएको छ ।
देवाहीगोनाही ससुराली आएका थिए संक्रमित पुरुष
अर्का ३५ वर्षिय कोरोना संक्रमितपुरुषभने देवाहीगोनाहीनगरपालिकाकै क्वारेन्टाइनमा बस्दै आएकाथिए । उनीभारतको दिल्लीमा आफैले संचालन गरेको व्याग कारखानामा कामगर्दै आएकाउनी लकडाउनकै क्रममा चोरबाटो हुँदै वैशाख ४गते नेपालआएका थिए ।जिल्लाकै गुजरा नगरपालिका स्थायी घर भएकाउनीआफ्नो घर नगई देवाहीगोनाही नगरपालिका १ स्थित ससुराली घरमा गएका थिए । करुनियाका स्थानियले उनी दिल्लीबाट आएको थाहापाएपछि प्रहरीलाई खबर गरेपछि उनी र उनीसँगै आएका अन्यदुई जनालाई पनि पोलिटेक्निककलेजको क्वारेटाइनमा राखिएको थियो ।
सो नगरपालिकानगर प्रमुखधर्मेन्द्र प्रसाद पटेलका अनुसार सो युवक दिल्लीबाट एम्बुलेन्समा भारतको मोतिहारी सम्मआएका थिए । उनले भारतकै ढाकाभन्ने स्थानमा आफन्तका ४–५ दिन बसेर नेपाल छिर्ने चोरबाटोको बारेर बुझेर आफुसँग दिल्लीबाट आएका अन्य चारजना साथीहरुसँगै नेपाल छिरेको खुल्नआएको नगर प्रमुख पटेलले बताए । नगर प्रमुख पटेलका अनुसार केहीदिन अगाडि कोरोना संक्रमण देखिएका सर्लाहीका युवक पनिउनीसँगै सोही एम्बुलेन्समा आएकाथिए । ती सर्लाहीका युवकको हालनारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ । नगर प्रमुख पटेलकाअनुसार उनीसँगै आएका रौतहटका दुईजनाकोभने क्वारेनटाइनमै रहेका र उनीहरुको रिर्पोट भने नेगेटिभ आएको छ । सो युवकमा कोरोना पुष्टि भएसँगै उनकीश्रीमती सहित परिवारकाअन्य सदस्य गरेर ९ जनालाई क्वारेनटाइमा राखिएको छ । उनीहरुको पनि स्वाव संकलन गरेर परिक्षणको तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here