बारा १७ बैशाख । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का तीनजना बिरामी थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो ।  स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्‍जका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ। जसमा १६ जना निको भएर घर फर्किएका छन् ।  यी संक्रमितहरु वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। यसअघि वीरगञ्‍जको इनरुवाका दुईजनामा कोरोना पुष्टि भएको थियो । यी तीनैजनालाई अहिले एम्बुलेन्सबाट वीरगञ्‍जस्थित नारायणी कोरोना विशेष अस्पतालमा लगिँदैछ । त्यस अस्पतालमा अहिले वीरगञ्‍जकै दुईसहित तीन कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यहाँ उपचाररत चारजना यसअघि नै डिस्चार्ज भइसकेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here