सर्लाही,१८ बैशाख । गएराति पुर्वपश्चिम लोकमार्ग्स्थित सर्लाहीमा दुई वटा मालबाहक ट्रकमा लुटपाट भएको छ । हरिवन नगरपालिका–४ तिनघरे चोकमा भुसा बोकेर पुर्वबाट पश्चिम आउदै गरेको दुई वटा ट्रक लुटपाट भएको हो ।
२ बजे राती राजमार्गमा बसेका चार जनाको समुहले ट्रक रोकेर आफूहरु प्रहरी हुँ भन्दै साथमा रहेको रहेको नगद लुटेर लगेको ट्रकका चालकहरुले बताएका छन् ।लुटेरा समुहले ना ६ ख ६४९८ र ना ५ ख ५९४० नम्बरको ट्रकमा लुटपाट गरेको हो ।
अनुसन्धान प्रकृयामा प्रभाव पर्ने भन्दै प्रहरीले चालकको नाम र ठेगाना गोप्य राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको जनाएको छ ।
ट्रक चालकहरुका अनुसार लुटपाट लगतै लुटेरा समुह कारमा भागेका थिए । घटनामा संलग्नको आशंकामा ईलाका प्रहरी कार्यलय हरिवनको टोलीले हरिवन–८ बाट बा १५ च ५०७२ नम्बरको कार नियन्त्रण लिएको छ ।
घटनामा संलग्न कोही पनि पक्राउ नपरेको र घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कर्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here