गौर १९ बैशाख ।
रौतहटमा मंगलबार भेटिएको दुबै कोरोना संक्रमित युवकका सम्पर्कमा आएकाहरुमा कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनाको आफन्तसहित रौतहटका ९१ जनाको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको हो । गत मंगलबार बृन्दावन र देवाहीगोनाही नगरपालिकामा दुईजना संक्रमित फेला परेपछि उनीहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । बृन्दावन नगरपालिका–९ भुसाहाका २१, चन्द्रपुर नगरपालिकाका दुई, देवाहीगोनाही गरपालिकाका १३, ईशनाथ नगरपालिकाका १९, कटहरिया नगरपालिकाका ३१, फतुवा विजयपुर नगरपालिकाका ३ तथा गौर र गरुडा नगरपालिकाका १—१ जना गरी ९१ जनाको परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिएका छन । रौतहटमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १ जना निको भएर घर फर्किसकेका छन् । संक्रमितहरुको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ । रौतहटमा कोरोना संक्रमित भएका २ जनाको कन्ट्रयाक ट्रेसिङको आधारमा ४७ जनाको स्वाब परीक्षण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here