पर्सा २२ बैशाख । पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट डिस्चार्ज भएका अर्का एक कोरोना संक्रमित पुनः अस्पताल भर्ना भएका छन्। चैत ३० गते वीरगन्जमा पहिलो पटक संक्रमित पुष्टि भएका भारतीय जमातीमध्ये उनी एक रहेका नारायणी अस्पतालले जनाएको छ । नारायणी अस्पतालबाट हालसम्म चार जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए। तीमध्ये दुई जना पुनः अस्पताल नै फर्काइ भर्ना नै गरिएका हुन् । वीरगन्जको नारायणी अस्पतालमा उपचारपछि रौतहटको इसनाथ नगरपालिकाका १९ बर्षीय युवक र ३ भारतीय जमाती एकै पटक डिस्चार्ज भएका थिए । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार शनिबार राति रौतहटका एक युवकमा समस्या देखिएपछि वीरगन्ज ल्याइएका थिए । हाल ती दुवैलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।