जनकपुर २२ वैशाखे ।
धनुषामा एक श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेर जंगलमा गाडेको अवस्थामा ४ दिन पछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका वडा नम्बर—९ लालभिट्टीका २८ वर्षिय हरि चौहानले आफ्नी कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण आफ्नो श्रीमतीको हत्या गरेका हुन् । चौहानले २५ वर्षिया पत्नी विणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीले तिम्रो अवैध सम्बन्ध मेरो बहिनीसँग छ,तिमी जहिले नि ढिलोगरि घर आउँछौ भनेर मानसिक यातना दिँदै आएकोले आवेशमा आएर हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीले जनाएको छ । चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटी बेरेर हत्या गरि शवलाई जंगलमै गाडेको अवस्थामा प्रहरीले चार दिनपछि उत्खनन् गरेर निकालेको छ । बैशाख १८ गते बिहीबार साँझ करिव साढे पाँच बजेको समयमा विणालाई बलो काट्न जंगल जाउँ भन्दै त्यहाँ लगेर घाँटीमा लगाएको शलले बेरेर उसको हत्या गरि शवलाई जंगलमै गाडेको चौहानले प्रहरी समक्ष बयान दिएका छन् ।