महोत्तरी २२ बैशाख :  महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ जान भारतीय नागरिक पक्राउ परेका छन् ।  जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ जान भारतीय नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए। हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताए। पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन्। उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here