रुपेन्द्र पटेल
बृन्दावन २३ बैशाख ।

लकडानका कारण ज्यालादारी गरेर खाने गरिब विपन्न तथा सुकुमवासी परिवारको समस्या गम्भिर समस्या बन्दै गएको छ । रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ बैराठपुरका ७० बर्षीय चलितर राम लकडाउनका कारण ४३ दिन देखि घरमै बसदै आएका छन । चलितर रामले दैनिक ज्यालादारी गरेर घर परिवारलाई चलाउँदै आएका छन तर विश्व भरी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस नेपामा नफैलन दिन सरकारले गरेको लकडाउनका कारण रामले कतै काम गर्न जान सकेको छैन । रामले बृन्दावन नगरपालिकाद्धारा गरिएको पहिलो चरणको राहत त पाए तर सो राहत सकेपछि उनलाई हातमुख जोडन समस्या भएको बताए । रामलाई लकडाउका कारण हातमुख जोडन समस्या भएकै बेला उनलाई ढाडमा दर्दले सताउन थालेका छन । रामले पहिला ज्यालादारी गरेर जोगाएको अलिअलि पैसा पनि ढाडको दर्दमा लगाए तर ढाडमा दर्द निको हुन सकेको छैन । ढाडको दर्द निको नभएपछि भोकमरीको पिडामा झन पिडा थपिएको चलितर राम बताउँछन । रामलाई सहारा बन्न छोरापनि छैन । उनले ढाडको दर्द खापन नसकेको स्थितिमा रहेको बताउँछन । रामले ढाडको दर्द सहन नसकने भएपछि वडा कार्यालयबाट सिफारिस लेखाएर गाउँ गाउँमा चन्दा उठाउने तयारीमा जुटेको रामले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here