उपेन्द्र गोले
चन्द्रपुर २३ बैशाख । रौतहट रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारस्थित चादी नदीले सडक आवतजावतमा समस्या हुने देखिएको छ । चादी नदी चन्द्रपुर नगरपालिकाले ठेक्का लगाएपछि नदीमा तिब्र गिट्टी बालुवा उत्खलन गरिएको थियो । सो उत्खलनले चन्द्रनिगाहपुर र गैडाटर आवतजावतमा समस्या आउने सकेत देखिन थालेको छ । नदी क्षेत्रमा रहेका सडक तथा डिलहरु समेत जोखिममा छन । सडक क्षेत्रमा रहेको ठाउँबाट झण्डै १÷२ मिटरको दूरी मात्र राखेर डोजरको प्रयोग गरि दर्जनौ टिफरहरुले चादी नदीबाट गिट्टी उत्खलन गरिएको थियो । हाल आवतजावत गर्ने सडक कुनैपनि बेला नदीले बगाउने निश्चित छ । बिगतका बर्षहरुमा बर्षापछि आउने गरेको बाढी लगभग १ घण्टाको अन्तरालमा सहजै आवतजावत गर्न सक्ने गर्ने गरेर तर नदीमा भएका वालुवा तथा गिट्टीहरु उत्खलन गरि खाल्टाहरु बनेकोले सानो बाढीमा पनि आवतजावत गर्ने कठिन रहेको स्थानिय धनराज वाइबाले बताए । नदीमा भएका सबै बालुवा ठेकेदारले लगेपछि हाल खोलामा ठुलाठुला खाल्टाहरु रहेका छन । केही दिनदेखि परेको बर्षाको पानीले आएको बाढीले समेत स्थानियमा आवतजावत गर्न त्रास रहेको अर्का स्थानिय दिपेन्द्र न्यौपानेले बताउनु भएको छ । नगरपालिकाको आनतरिक आम्दानीको दायरा बढाउन स्थानिय स्थरका खोलाका गिट्टी बालुवा , ढुङगा ठेक्का लगाउनु परेको बताउनु हुदै यसबाट पर्ने क्षति न्युनिकरणको लागी आफु योजना निर्माण गर्न नगर कार्यपालिकासंग सल्लाह सुझाव संकलनमा ब्यस्त रहेको चन्द्रपुर नगरपलिकाका प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो । अबको १ महिनासम्म यसको सामधानको उपायतर्फ ध्यान जान नसकेमा चन्द्रनिगाहपुर र गैडाटार आवतजातको क्रममा केही स्थानियले ज्यान गुमाउनु पर्ने निश्चित रहेको अर्का स्थानिय सुबोध राइले दावी समेत गरेका छन । दर्जनौ मोटरसाइकल तथा गाडीहरु गाइभैसी , बाख्रा लगायतका जनावर समेत भासमा पर्न सक्ने स्थानिय पवन आचार्यको भनाइ रहेको छ । यता वडा अध्यक्ष बोधनाथ देवकोटाले भने हाल बन्दै गरेको पुलबाट नै केही महिना आवतजावतको ब्यबस्था गर्न सकिने आश्वसन दिनु भएको छ । नदीबाट बालुवा नियमानुसार ठेकेदारले ढुवानी गरेको भएतापनि नदीले सोही बालुवा उत्खलन गरेको स्थानमा खन्ने हुनाले खोलामा खाल्टा तथा भास बन्न सक्ने संकेत गर्नु हुदै जथाभावी बाढी आउदा आवतजावत नगर्न समेत स्थानियलाई अनुरोध गर्नु भएको छ । जनतालाई सहज बातावरणमा आवतजावत गर्न मिल्ने गरि ब्यबस्था गर्ने देवकोटाले बताए । समयमा नै उपयुक्त निर्णय गरि गैडाटारबासीलाई हुन सक्ने जोखिमबाट मुक्त गराउनु पर्नेमा स्थानियले माग ुमेत गरेका छन ।