संजय मिश्रा
रौतहट २३ बैशाख ।
रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकामा राहत बितरणमा प्रहरीद्धारा लाठीचार्ज गरीएपछी स्थानियहरुले ढुुंगा मुढा प्रहार गरेका छन । बौधीमाई नगरपालिका वडा ६ का स्थित ईलाका प्रहरी कार्यालय कोपवा नजिकै राहत बितरणमा प्रहरीले लाठीचार्ज गरेपछी स्थानियले ढुुंगा मुढा प्रहार गरेका छन । ढुुंगालागेर नेपाल प्रहरीका एकजना जवानलाई चोटपटक समेत लागेको छ । वडा अध्यक्ष हृदय नारायण यादवले राहत बितरण सुुरुगर्दा स्थानिय गजाधर यादव सहीतका मानिसले वडा अध्यक्षले एकलौटी अर्थात आफना नजिकका मानिसलाई मात्र राहत बितरण गरीरहेको भनी बिरोध गरेका थिए । तत्कालिन संघिय समाजबादी फोरम बाट निर्वाचित वडा अध्यक्ष हृदय नारायणले गरिब बिप्पनलाई छोडेर पार्टी कार्यकर्ता तथा आफना आसपासेलाई राहत बितरण गरेको भन्दै अवरोध गरेका थिए । अवरोध गरे लगतै वडा अध्यक्ष हृदयनारायण यादवको सलाहमा प्रहरीले अवरोध गर्ने पक्षमाथी लाठीचार्ज गरेपछी गजाधर पक्षका दर्जनौ मानिसले प्रहरीमाथी ढुुंगा मुढा प्रहार गरेका थिए । ढुुंगालागेर ईलाका प्रहरी कार्यालय कोपवाका एकजना प्रहरी जवानलाई चोटपटक समेत लागेको छ । ढुुंगामुढा पछी अवस्था तनावग्रस्त हुँदा प्रहरीले राहत बितरण कार्य तत्कालको लागी स्थगित गरेको छ । ईलाका प्रहरी कार्यालय कोपवाका प्रमुख परमानन्द यादवका अनुुसार सर्वदलिय निर्णय अनुसार राहत बितरण भईरहँदा असंतुुष्ट पक्षले अवरोध गरेपछी लाठीचार्जको अवस्था आएको थियो । लकडाउनको ४० दिनपछी बौधीमाई नगरपालिका सुुुरुभएको राहत बितरणमा ब्यापक त्रुुटीभएको स्थानिय पत्रकार कमल यादवले जानकारी दिएका छन ।