उपेन्द्र गोले
चन्द्रपुर,२४ बैशाख । रौतहटको चन्द्रपुर ३ गैडाटारमा चर्न गएको गोरु सिकारीको गोली सरिरमा बोकेर गोठमा फर्केको छ ।
सिकारीले हरिण सम्झेर हानेको गोली स्थानीय किसानको चर्न गएको गोरुलाई लागेको हुन सक्ने स्थानीय बासिन्दाले बताएकाछन् ।
लकडाउनको समयाबधि बढ्दै जादा सो वडामा बन्यजन्तुहरुको सिकारीको संख्या समेत बढ्दै जान थालेको छ ।
चन्द्रपुर नगरपालिकाकोे वडा नम्बर ३ गैडाटारमा बुधबार सिकारीको बन्दुकको गोलीबाट एक गोरुलाई घाइते भएको छ । गैडाटारको उत्तर आदर्श सामुदायिक वन क्षेत्र आसपासको जंगलमा चरि चरणमा गएको बेला सो गोरुको गर्धनमा गोली लागेको चन्द्रपुर—३ गैडाटारका गोरु मालिक राम बहादुर थिङले जानकारी दिए । बिहान चरि चरणको लागी आफुले गोरु धुरुप खोलामा छाडेको तर अचानाक गोरु चाडै घर आउदा गर्धनमा गोली संगै ल्याएको थिङले बताए । यस क्षेत्रमा दिन र रात दुवै समय दर्जनौ सिकारीहरु वनमा सिकार खेल्न जाने गरेका छन ।
गोरुलाई कसले कुन क्षेत्रमा सिकारीले गोली हानेको त्यो भने थाहा नभएको स्थानिय मानध्वज वाइबाको भनाइ रहेको छ । लकडाउनको अबधिमा फुर्सदमा बसेका मानिसहरु यति बेलाको मुख्या काम नै सिकार खेल्नु भएको छ । गोरुको गर्धनमा गोली रहेको छ । सो गोली निकाल्नको लागी एग्रोभेटका भेटनरी डाक्टर ल्याउने तयारी भइरहेको राम बहादुर थिङले बताए । अस्थायी प्रहरी पोष्ट गैडाटारका प्रहरीद्धारा निरिक्षण समेत गराइ सकेको थिङले बताए ।