काठमाण्डौ,२४ बैशाख । बिहीबारका लागि बोलाइएको नेकपाको स्थायी कमिटी बैठक फेरि अनिश्चित भएको छ । बैठकका लागि एजेन्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा विवाद भएपछि बिहीबारको बैठक अनिश्चित भएको हो । अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि बैठकको मिति र समय तय हुनेछ ।
स्थायी कमिटी बैठक कति दिन बस्ने र के–के एजेन्डामा छलफल गर्ने भन्नेमा विवाद भएपछि प्रधानमन्त्री बैठकको बीचमै उठेर हिँडेका थिए । त्यसपछि भोलिको बैठक अनिश्चित बनेको हो । तर, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ’बैठकमा सके सधैँ सबैजना बस्ने हो । कहिलेकाहीँ सकिएन भने विभिन्न कारणले बैठकलाई जानकारी गराएर बैठकबाट निस्कने प्रचलन छँदै छ । आज अध्यक्ष एवं प्रधानमन्त्री कमरेडले आफ्ना केही व्यस्तताका कारण, केही शारीरिक कारणले समेत बैठकमा पूरा समय बस्न नसक्ने जानकारी गराउनुभयो र जानुभएको हो, अरू केही कारण छैन ।’

अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलपछि बैठकको मिति र समय तय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here