सर्लाही २४ वैशाख ।
सर्लाहीमा भैंसी चराउन गएका बालक मृत फेला परेको छ । सर्लाहीको चक्रघटा गाउँपालिका ६ गोइयाहीमा भैंसी चराउन गएका स्थानीय रामेश्वर साहका १२ वर्षीय छोरा सुरज साह मृत फेला परेका हुन् । सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मंगलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here