कटहरिया २४ बैशाख ।
रौतहटमा किसानका लागि अत्यावश्यक रासायनिक मलमा कालोबजारी सुुरु भएको छ । लकडाउनका कारण बैशाखको तेश्रो सातासम्म पनि मल उपलव्ध नभएपछि कालोबजारी सुरु भएको हो । किसानलाई यो बेला उखु, मकैबाली र जडीबुटी लगायतका बालीमा युरिया मलको आवश्यकता पर्ने गर्दछ । यहि मौका छोपी बजारमा मलको कालोबजारी सुरु भएको छ । जिल्लाका अधिकांश बजार बन्द रहेका कारण सहज रुपमा मल उपलब्ध हुनसकेको छैन । किसानको मागअनुसार युरिया मल उपलब्ध हुन सकेको छैन तर कतिपय ब्यापारीले लुकिछिपी कालोबजारी गरिरहेको फतुवा बिजयपुर नगरपालिका लक्षमिनियाका किसान विजय यादवले बताए । मल उपलव्ध गराउन स्थानीय तहले समेत चासो नदिएको यादवले गुनासो गरेका छन । लकडाउनको बहानामा रौतहटका केही ग्रामीण बजारमा युरिया मल गोदाममा कालोबजारी सुरु भएको पाइएको छ । कटहरिया लगायतका ग्रामिण बजारका केही व्यापारीले ७ सय ५० रुपैयाँ पर्ने युरिया मल १ हजार देखी १२ सय सम्ममा बिक्री गरिरहेको किसानहरुले गुनासो गरेका छन् । जिल्लाको १८ वटा स्थानीय तहमध्ये अधिकांश ग्रामीण भेगमा किसान पिडामा छन् तर स्थानीय जनप्रतिनिधीले उनीहरुका माग सम्बोधन नगरेको गुनासो आइरहेको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले मल र दैनिक उपभोग्य बस्तुको सामानमा कालोबजारी गरिएको पाईएमा कडा कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here