पर्सा २४ बैशाख : लामो समयको प्रतिक्षापछि वीरगन्जमा पनि पिसिआर मेसिनबाट कोरोना संक्रमणको परिक्षण सुरु गरिएको छ । वैशाख पहिलो हप्ता केन्द्रबाट पिसिआर मेसिन नारायणी अस्पतालमा ल्याइए पनि जडान समस्याले परीक्षण हुन सकेको थिएन् ।  वीरगन्जमा चैत ३० गते नै कोरोना संक्रमित भेटिएका थिए । तर पिसिआर मेसिन अभावमा ठोस रिपोर्टका लागि काठमाडौं पठाइने गरिएको थियो । मंगलरबाट नारायणी उपक्षेत्रीय अस्पतालमा यो प्रविधि जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) मदनकुमार उपाध्यायले बताए ।  तर एक हप्तासम्म यहाँ र काठमाडौं दुवैतर्फ परीक्षण गरी यो मेसिनको जाँच गरिने उनले बताए। मेसिन जडानको काम सकिएको र र अहिले १६ वटा स्वाबको एकै पटक परीक्षण गरिँदै छ। जसको नेतृत्व प्याथोलोजिष्ट डा.निरा पाठकले गरिरहेकी छन् ।  यसअघि गम्भीर आशंकाका ८ सय बिरामीको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं र हेटौडा पठाइएको थियो। त्यहाँबाट रिपोर्टको नतिजा आउन कम्तीमा तीन÷चार दिन लाग्ने गरेको उपाध्यायले बताए।  तीमध्ये हालसम्म ७ सय जनाको स्वाब रिपोर्ट आइसकेको छ । यो मेसिन पूर्ण रुपमा सञ्चालन गर्दा २४ घण्टामा ७० जना बिरामीको रिपोर्ट थाहा पाउन सकिने उपाध्यायले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here