गौर,२६ बैशाख । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले जारी गरेको लकडाउन शुक्रबार ४६औँ दिनमा पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउनको ४६औँ दिनमा आइपुग्दा अत्यावश्यक सेवाका पसलहरू धमाधम खुल्न थालेका छन् ।
सरकारले पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरू खोल्ने निर्णय गरेपछि यसअघि बन्द रहेका अधिकांश पसल धमाधम खुल्न थालेका हुन् । ती खुलेका पसलमा मानिसको भिडभाड पनि बढ्न थालेको छ ।
मुख्य व्यापारिक मल तथा व्यापारिक क्षेत्रहरू अझै बन्द रहे पनि विभिन्न क्षेत्रमा रहेका तरकारी पसल, औषधि पसल र खाद्यान्नका पसलहरू धेरै मात्रामा खुल्न थालेका छन् ।
सरकारले खाद्यान्न, उत्पादन र प्रशोधन, दूध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी र पशु औषधि र कीटनाशक औषधिलगायत सञ्चालन गर्ने पाउने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here