आर एन पटेल
बंकुल २६ बैशाख ।
रौतहटको बौद्धिमाई नगरपालिका वड़ा नं. २ इनर्वा मुसहर बस्तीमा २१ परिवारलाई राहत वितरण गरिएको छ । सोही ठाउँको एक स्थानीय जगत पटेलको छोरा साधारण व्यवसायी ३२ बर्षीय शिवजी पटेलले आफ्नो निजी लगानिमा मुसहर बस्तीका अति बिपन्न परिवारहरुलाई राहत वितरण गरेका छन । प्रति परिवार १५ किलो चामल, १ किलो दाल, ३ किलो आलु, १ किलो नुन, ५०० ग्राम खाने तेल,२५० ग्राम स्वाबिन र एक एक थान साबुन वितरण गरिएको बताएका छ न ।