चन्द्रनिगाहपुर,२६ बैशाख । रौतहटको चन्द्रनिगाहपुरमा रहेको मुनलाईट एजुकेशन फाउण्डेसनले लकडाउनका कारण छुटेका बिषयको परिक्षा अनलाईन माध्यमबाट सुरु गरेको छ ।
२०७६ सालको छुटेका केही बिषयको कक्षा ८ र १० बाहेकका कक्षाको परिक्षा अनलाईनका माध्यमबाट सुरु गरिएको विद्यालय संचालक समितिका सदस्य हरी कोइरालाले जानकारी दिएकाछन् । विद्यार्थीले अहिले दिएको परिक्षाको कपि लकडाउन खुलेपछि विद्यालयमा बुझाउने ब्यावस्था गरिएको विद्यालयका संचाक समिति सदस्य कोईरालाले जानकारी दिएकाछन् ।
मुनलाईट एजुकेशन फाउण्डेसनको एप्सका माध्यमबाट निशुल्क परिक्षा लिने काम भईरहेको विद्यालय संचालक समिति अध्यक्ष बिनोद घिमिरेले जानकारी दिएकाछन् । लकडाउनका कारण घरमै बस्न बाध्य रहेका विद्यार्थीलाई अनलाईन परिक्षाका माध्यमबाट पढन पाढन सुचारु गर्नका लागि समेत अनलाईन परिक्षालिने काम थालिएको विद्यालयका प्रिन्सिपल स्यामकिशोर चौधरीले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here