अशोक पहाडी
रौतहट,२६ बैशाख ।
लकडाउनको बेलामा रौतहटको वनमा काठ चोर र बन्यजन्तु सिकारीको राजनै चलेको छ । डिभिजन वन कार्यालयका कर्मचारीले गस्ति नगरेका कारण रौतहटको वनबाट पछिल्लो समय ठुलो परिणाममा काचा सालका काठ काटिएको छ । वन कर्मचारीले गस्ति नगरेका कारण दैनिक सिकारीले दर्जनौ जंगली जनावरको सिकार गर्ने गरेका छन् ।
बुधबार सिकारीले हरिण सम्झेर हानेको गोली स्थानीय किसानको चर्न गएको गोरुलाई लागेको थियो । लकडाउनको समयाबधि बढ्दै जादा सो वडामा बन्यजन्तुहरुको सिकारीको संख्या समेत बढ्दै जान थालेको छ ।
चन्द्रपुर नगरपालिकाकोे वडा नम्बर ३ गैडाटारमा बुधबार सिकारीको बन्दुकको गोलीबाट एक गोरुलाई घाइते हो । गैडाटारको उत्तर आदर्श सामुदायिक वन क्षेत्र आसपासको जंगलमा चरि चरणमा गएको बेला सो गोरुको गर्धनमा गोली लागेको चन्द्रपुर—३ गैडाटारका गोरु मालिक राम बहादुर थिङले जानकारी दिए । बिहान चरि चरणको लागी आफुले गोरु धुरुप खोलामा छाडेको तर अचानाक गोरु चाडै घर आउदा गर्धनमा गोली संगै ल्याएको थिङले बताए । यस क्षेत्रमा दिन र रात दुवै समय दर्जनौ सिकारीहरु वनमा सिकार खेल्न जाने गरेका छन ।
यता डिभिजन वन कार्यालयले लकडाउनका बेला रौतहटको वनमा प्रवेस गर्नेलाई गोली हान्ने सम्मको सुचना निकालेर कानमा तेल हालेर बसेका कारण काचा सालका रुख दैनिक चोरी भईरहेको स्थानीय बासिन्दा टिका चौधरीले बताए । केही दिन पहिला डिभिजन वन कार्यालय रौतहटका प्रमुख बिनोद सिंहले आफ्नो फेसबुकमा जंगलमा काठ चोरी तस्करीका लागि तयार गरिएको गोलिको फोटो काठ बरामद भन्दै हाल्नुले समेत काठ चोरी तस्करी बढेको संकेत गर्छ,चन्द्रनिगाहपुरका स्थानीय युवा रबीराना मगरले भने । उता डिभिजन वन कार्यालय प्रमुख बिनोद सिंहले भने चोरी तस्करी नियन्त्रण अभियानमा आफुहरु लागेको बताउदै आएककाछन् ।
लकडाउन सुरुभएयता रौतहटको वनबाट सयौ सालका काचा रुख कटान भएको स्थानीयको भनाइ रहेको छ । वन कर्मचारी फिल्डमा नजाने गरेको मौकाका रौतहटको राष्ट्रिय वन ,सामुदायीक वन र साझेदारी वनबाट ब्यापक रुपमा काठ चोरी तस्करी भएको स्थानीयले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here