काठमाण्डौ,२६ बैशाख । संसद्को बजेट अधिवेशन सुरु हुनुअघि कोरोना परीक्षणका लागि बिहीबारबाट सुरु गरिएको सांसदहरूको स्वाब संकलन शुक्रबार पनि जारी छ । शुक्रबार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाका ६३ जना सांसदको पिसिआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको छ ।

प्रतिनिधि सभाका ५३ र राष्ट्रिय सभाका १० गरी ६३ जनाको स्वाब संकलन गरिएको हो । बिहीबार दुई सय १२ सांसदको स्वाब संकलन गरिएको थियो । अहिलेसम्म प्रतिनिधिसभातर्फ दुई सय ३२ र राष्ट्रिय सभातर्फ ४३ जनाको स्वाब संकलन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here