रुपेन्द्र पटेल
समनपुर २७ बैशाख ।
महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास खेपिदै आफ्नो जिउ ज्यान जोखिममा राखेर सञ्चार क्षेत्रको माध्यमबाट देशका सबै नागरिकलाई सचेत गराउनुको साथै सही सुचना र सत्य तथ्य समाचार प्रकाशन र प्रसारण गर्ने बज्जिका पत्रकारहरुलाई रौतहटको गढीमाई नगरपालिकाले शनिबार मास्क सेन्टिाईजर र गल्पस सहयोग गरेका छन । सो नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र यादवले एन ९५ मास्क सेनिटाईजर र गल्पस लगतएतका स्वास्थ्य समाग्री सहयोग गरेका हुन । गढीमाई नगरपालिकाकी नगर उपप्रमुख सुभद्रा गुप्ता र निमित्त प्रशासकिय अधिकृत नागेन्द्र यादवले आफ्नो बिषेश पहलमा नगरपालिकाको तर्फ बाट समाजिक दुरी कायम गरी बज्जिका पत्रकार समाज रौतहटका अध्यक्ष राजु कुमार श्रीवास्तवलाई स्वास्थ्य समाग्री एन ९५ मास्क सेनिटाईजर र गल्पस हस्तान्त्रण गर्नु भएको हो । शनिबार गढीमाई नगरपालिका वडा नं—९ को कार्यालय मलाहि टोलमा मास्क तथा सेनिटाईजर वितरण गर्ने क्रममा बज्जिका प्रत्रकार समाज रौतहटका सल्लहकार संजय साह मित्र बरिष्ट उपाअध्यक्ष रुपेन्द्र पटेल सचिव सागर ठाकुर संगम, कोषाअध्यक्ष रामप्रबेश बैठा, सदस्यहरुमा प्रदिप दास ,राजेश पास्वान ,गेडडु यादव रमेश यादव अशोक राय यादव अखिलेश यादव र नेपाल पत्रकार महासंघको रौतहट जिल्ला सदस्य मदन ठाकुरको उपस्थिती रहेको थियो । सो मास्क तथा सेनिटाईजर वितरणको क्रममा उपप्रमुख गुप्ताले आउँदो दिनमा बज्जिका पत्रकार समाज रौतहटलाई सहयोग गर्ने बताइन । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले कोरोनाको लडाईमा सबै जनाले एकानत बासको प्रयोग गरि लडनुपर्ने बताएका छन् ।