अशोक पहाडी
रौतहट,२७ बैशाख ।
लकडाउनका बेला नेपाल भारत दुबै देशको बोर्डर सिल रहेको अवस्थामा भारतीय पक्षले रौतहट जिल्लासंग सिमाना जोडिएको दशगजा क्षेत्रनै मिचेर ड्याम बनाउने काम गरेको छ ।
लकडाउन सुरुभएयता भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिकामा पर्ने १,२र३ नम्बर वडानै डुवानमा पर्नेगरी सिमा मिचेर ड्याम बनाएको हो । नेपाल भारत दुबै देशमा लकडाउन भएको अवधीमै भारतीय पक्षले १० देखी १२ मिटर नेपाली भुमि मिचेर पहिलाको तुलनामा ५ फिट बढी ड्याम बनाएपछि स्थानीय बासिन्दाले त्यसको चर्को बिरोध गरेपनि नेपाली पक्षबाट कसैले नबोलेको स्थानीय बासिन्दाको भनाई रहेको छ ।
भारतीय ड्यामका कारण रौतहटको ईशनाथ र राजपुर नगरपालिकाका बिभिन्न वडा डुवानमा पर्दै आएकोमा पछिल्लो समय ड्याम फराकिलो पार्दे उचाई समेत ५ फिट बढाएका कारण आफुहरु मारमा परेको इशनाथ नगरपालिका वडानं १ का वडाअध्यक्ष बिगु साहले बताए ।
इशनाथ नगरपालिका १ को बन्जराहमा भारतले सिमा मिच्दै अग्लो बनाएको ड्यामका बिषयमा आफुहरुले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटमा खबर गरेको भएपनि भारतीय पक्षले काम रोक्ने सुरसार नदेखाएको वडा अध्यक्ष साहको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here