जनकपुर २८ बैशाख ।
जनकपुरमा सुविधा सम्पन्न कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । जनकपुरको प्रादेशिक अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिंङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना लेभेल –२ विशेष अस्पताल सञ्चालनमा आएको हो । कोभिड—१९ विशेष असस्पतालमा आइसीयू, अप्रेशन थिएटर, प्रसुति गृह लगायतका सेवाको व्यवस्था गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन प्रसाद सिंहले बताए । उनका अनुसार कोरोनाका बिरामीको उपचारको लागि सो अस्पतालमा ८ वटा आइसीयू बेड, एउटा अप्रेशन थिएटर र एउटा प्रसुति कोठाको व्यवस्था गरिएको छ । त्यस्तै कोरोना संक्रमित बिरामीलाई नुहाउन, लुगा धुन, लुगा सुकाउनुको साथै बिरामीहरुलाई हिँडडुल गर्न पर्याप्त ठाउँको सुरक्षित व्यवस्था मिलाइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here