चन्द्रपुर २८ बैशाख ।
आइतबारबाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन भएपछि रौतहटको सहर बजारमा चहलपहल बढेको छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा, समनपुर, कटहरिया गौर लगाएतमा समेत चहलपहल बढेको देखन पाएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेपछि आईतबार रौतहटमा ह्वात्तै चहलपहल बढेको देखिएको हो । लकडाउन खुखलो बनेपछि रौतहटका व्यापारिहरुले समेत पसलहरु धमाधम खोल्न थालेका छन् । यता साना सवारी साधन पनि चलन थालेको छ । रौतहटमा आईतबार सब भन्दा बढी भिडभाड बैंकहरुमा देखिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here