काठमाडौँ, ३० वैशाख । नेपालको बिभिन्न जिल्लमा लकडाउन खुकुलो भएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा कोरोना भाइरसको संक्रमण बढीरहेको बेलामा लकडाउन खुकुलो बनाउने कुरा ठीक नभएको बताएका हुन् । प्रधानमन्त्रीले ओलीले मानिसको जीवनभन्दा ठूलो अर्थतन्त्र नभएको पनि बताएका छन् । जोखिमलाई ध्यानमा राखेर उनले खुकुलो भएको लकडाउनलाई कडा बनाउन समेत निर्देशन दिएका छन् । सरकारले गत शुक्रबारदेखि ४२ उद्योगहरु खोल्न अनुमति दिएको थियो । निश्चित समय पसलहरु पनि खोल्न दिएकाले काठमाडौँमा भीड बढ्न थालेको छ । लकडाउन खुकुलो हुन नपाउँदै नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । मंगलबार मात्रै ५७ जना नयाँ संक्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here