नयाँदिल्ली, ३० वैशाख ।
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ८२ जनाको मृत्यु भएको छ । एकैदिन ३ हजार ६०७ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ७० हजार ७६८ पुगेको छ । ४५ हजार ९२५ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म २२ हजार ५४९ जना निको भएका छन् ।