वीरगंज ,३० बैशाख । पर्सामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका ३९ जनामध्ये चार जना पत्रकार रहेको पाइएको छ । आज कोरोना सङ्क्रमण देखिएका ३९ जनामध्ये चार जना पत्रकार रहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले जानकारी दिएको उज्यालो अनलाईनमा पत्रकार केसी लामिछाने समाचार लेखेका छन् । नेपालमा अहिलेसम्म एक सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म १८ जिल्लामा सङ्क्रमण देखिएकोमा सबैभन्दा धेरै पर्सामा ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्सामा कोरोना सङ्क्रमितमध्ये तीन जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here