काठमाडौं, ३१ वैशाख । जनकपुरमा बुधबार भेटिएका दुई कोरोना संक्रमित मध्ये एक जना ४० बर्षीय पत्रकार रहेको पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार ति पत्रकार मुटुका रोगी छन् । कार्यालय र नेपाल पत्रकार महासंघको भवनमा मात्र आफू गएको बताएका उनलाई प्रादेशिक अस्पतालस्थित आइशोलेसनमा राखिएको छ । उता, अर्का संक्रमित पुस्तक व्यावसायी रहेको बताइएको छ । उनलाई पनि आइशोलेसनमा राखिएको छ । यसअघि मंगलबार पर्सामा भेटिएका ३९ जना मध्ये चार जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here