वीरगन्ज ३१ बैशाख । नारायणी अस्पतालको आइसुलेसन वार्डबाट दुई जना कोरोना संक्रमित फरार भएका छन। बुधबार दिउँसो उनीहरु शौचालयको झ्यालबाट फरार भएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबै जना वीरगन्जको वडा नम्बर १६ इनर्वा र घसुकपुरको रहेको बताइएको छ । अस्पतालको प्रशासनले यसको जानकारी गराएपछि प्रहरीले खोज तलास गरी राखेको पर्सा कि प्रहरी उपरीक्षक गँगा पन्तले बताइन् । मंगलबार पर्साका ३९ जना र बाराका एक जना गरी ४० जनाको पीसीआर जाँच रिपोर्टकोरोना पोजेटिभ आएको पाइएपछि सबै ४० जनालाई अस्पतालको आइसुलेसन वार्डमा ल्याएर राखिएको थियो । मंगलबार ल्याइएकामध्ये नै दुई जना भागेका उनले बताइन् । अस्पतालमा दुर्व्यवस्था भएपछि उनीहरु भागेको भनी टिप्पणी समाजिक संजालमा छ । अस्पताल प्रसाशनले भने दुर्व्यवस्थानभएको बताएको छ । नारायणी अस्पतालमा ६४ जना आइसुलेसनमा भर्ना रहेकामा त्यसमध्ये २ भागेका हुन्। उनीहरु भागेपछि संक्रमण फैलिने भनी चौतर्फी चिन्ता यक्त भएको छ ।