बालकृष्ण ढकाल
म सोच्दै छु , म कसरी बन्ने , मलाई म बन्नु छ । आफ्नु परिचय बनाउनु छ । मसँग चुनौतीहरु छ्न । त्यो मेरो जिन्दगी हो , म जेगर्दै छु मेरालागि गर्दै छु ।
यो भ्रम हो म जेगर्न सक्छु म बन्नकालागी गर्न सक्छु तर म मेरा लागि हैन अरुकालागी बन्दै छु म बन्नका लागि क्षेमता , बौद्धिकता र दुरदर्शिता अरुभन्दा फरक बनाउनु पर्छ । अनिमात्र म लाई म बनाउन सक्छु । मेरा भोगाइका पाटोहरु र तिम्रा रोजाइका बाटोहरु अलग छ्न । सुखहरु मेरो हत्केलामा अटदैनन दुख पीडा र संघर्ष मेरा रोजाइहरु हुन किनकि मलाई म बन्नु छ ।
बा ले संघर्ष गर्दा खेतमा हलो भाँच्नुभयो म भ्रष्टाचारीको ढाड भाँच्न संघर्ष गर्दै छु बा ले परिवार चलाउन हलो भाँच्नु भो म देश बचाउन भ्रष्टाचारीको ढाड भाँच्दै छु , किनकि मलाई म बन्नुछ म मजदुर बने म मजबुर बने जे पनि बने म बन्नकालागी बने आमाले कहिल्यै सुखका सपनाहरू देख्नुभएन यहि भोगाइ भित्र बाट मलाई म बन्नु छ सपनामा नायक भएको कल्पन हैन मलाई त बिपनामै म बन्नु छ सामन्तीहरु खुलेआम हिँडिरहँदा म भुमिघत भएको थिए दलाल र भ्रष्टाचारीहरुले गगनचुम्मी महल बनाईराख्दा म चुहिने छानोबाटै संघर्ष गरिरहेको छु । किनकि मलाई म बन्नु छ क्रान्तिकारी बन्नु छ । – सर्लाही