अशोक पहाडी
रौतहट,३१ बैशाख । रौतहटको एक सामुदायीक वनमा अबैध रुपमा सिकार खेल्न गएका सिकारीले छाडेको बन्दुक फेला परेको छ । चन्द्रपुर ३ मा रहेको तिलेश्वर नाथ सामुदायीक वनमा सिकार खेल्न सिकारी गएको थाहा पाएपछि लखेटन गएका सामुदायीक वनमा हेरालु देखेपछि सिकारी बन्दुक छाडेर भागेको सो सामुदायीक वनका अध्यक्ष राजु धामीले जानकारी दिएकाछन् । फेला परेको भरुवा बन्दुक आजै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर बुझाएको अध्यक्ष धामीले जानकारी दिए ।