बारा १ जेठ । प्रदेश नम्बर २ मा आज ९बिहीबार० एकैदिन पाँचजना कोरोना संक्रमित थपिएका छन्। थपिएका नयाँ संक्रमितसहित अहिलेसम्म प्रदेश २ मा कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सलार्ही धनकौलका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुरका ४० वर्षीय पुरुष र धनुषाको मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरीको जलेश्वरका १६ वर्षीय पुरुष र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । सबैभन्दा बढी पर्सामा ७९ जना संक्रमित देखिएका छन् भने महोत्तरी र धनुषामा ४ – ४ जना र बारा, रौतहट र सलार्हीमा ३ – ३ जना संक्रमित देखिएका छन् । त्यसैगरी सप्तरीमा एक जना संक्रमित भेटिएका छन् । तीनजना भारतबाट आएका व्यक्ति वीरगञ्जमै संक्रमित देखिएका छन् । महोत्तरीमा संक्रमित देखिएका दुई जना भने धनुषामै बस्दै आएको खुलेको छ । प्रदेश २ मा ९४ जना कोरोना संक्रमित फेला परेका छन् । त्यसमध्ये ४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here