काठमाडौँ ३० बैशाख । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना विरुद्धको अभियानमा प्रदेश २ सरकारलाई संघीय सरकारले हेर्ने दृष्टिको नै फरक रहेको आरोप लगाएका छन् । उहाँले संघीय सरकारले अरु प्रदेशको तुलनामा कम महत्व दिएपनि केरोना विरुद्धको अभियानमा आफुहरु प्रतिबद्ध भएर लागेको बताएका छन् । पत्रकार ऋषि धमलासँंग कुरागर्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई आफुले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना इपिसेन्टर घोषणा नगर्न आग्रह गर्दा नमानेको बताएका छन् । उहाँले विरगञ्जमा रहेको नारायणी अस्पताल प्रदेश २ का जनताको एक मात्र विश्वासिलो अस्पताल भएकाले अन्य उपचारमा असर पार्ने भन्दै यो बाहेक अरु कुनै निजि अस्पताललाई कोरोना उपचारको इपिसेन्टर बनाउन आफुले गरेको प्रस्ताव संघीय सरकारले नमानेको बताए ।
उहाँले नारायणी अस्पताल संघीय सरकारको मातहत रहेको भएपनि इपिसेन्टर घोषणपछि प्रदेश सरकारले कोरोना उपचारका लागि पीसीआर मेसिन खरिद गर्न ५० लाख दिएको जानकारी दिनुभयो । मुख्यमन्त्री राउतले अरु प्रदेश भन्दा प्रदेश २ कोरोनाको जोखिमयुक्त प्रदेश भएपनि संघीय सरकारले अहिले सम्म एउटामात्रै पीसीआर मेसिन दिएकोमा गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘पैसा हुँदा हँदै पनि हामीले खर्च गर्न पाएका छैनौँ । कोरोना उपचार र परिक्षणका लागि आवस्यक सामान सान्य बजारमा पाइदैन् । अहिले सम्म २ अर्ब भन्दा बढी कोरोना विरुद्धको अभियानमा लगाएका छाँै । औषधी उपकरण लगायतका सामाग्री किन्नका लागि । राहत वितरणका लागि पैसा धेरै खर्च भयो तर, वितरण राम्रो भएको छैन । अब विपद् व्यवस्थापन कोष र समितिले वितरण गरेर जाने निति बनाएका छौं’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here