रुपेन्द्र पटेल
बृन्दावन ३ जेठ ।
नगदे बालिको रुपमा चिनिने मकै बालीको उचित मुल्य नहुँदा किसान चिन्तित बनेका छन् । रौतहटमा किसानले लगाएको मकै बालीको उचित मुल्य नहुँदा किसान चिन्तित बनेका हुन् । रौतहटको उतरी भेगका किसानले लगाएको मकै बालि लकडाउनका कारण अन्य वर्ष जस्तो यस वर्ष मुल्य नहँदा बन्दाबन्दी कारण पिडा खेपि रहेका किसान झन पिडामा परेको रौतहटकोे बृन्दावन नगरपालिकाका किसान बच्चु पटेलले बताएका छन् । अन्य वर्ष प्रती कुईन्टल २३ सयदेखि २६ सय सम्म मुल्य रहने मकै बालीको भाउँ यस वर्ष १८ सय देखि २ हजार सम्म मात्र रहेको स्थानिय किसान पटेललले बताए । धेरै मेहनतका साथ उबजाउनु पर्ने मकैबालिको उचित भाउँ नहुँदा किसान पिडित बनेका छन् । हावाहुरीका कारण मकै बाली उत्पादनमा समेत कमी आएका किसानलाई उचित मुल्य नहुँदा चिन्तित सताइ रहेका छन् ।