सलार्ही ४ बैशाख ।
सलार्ही जिल्लाको दक्षिण पश्चिम भु–भागमा अवस्थित भारतीय सिमा क्षेत्रमा पर्ने बिष्णु गाउँपालिकाबाट प्रहरीले अवैध हातहतियार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रदेश नम्बर — २ को घुमुवा प्रहरी तथा प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बंगैचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विष्णु गाउँपालिका वार्ड नं— ४ बस्ने २५ वर्षिय मदन साह कानु र भारतीय नागरिक बिहारको मुरहा गाउँ बस्ने अनिष साह मुसलमान रहेको प्रहरीले जनाएको छ । उनिहरुबाट २ थान पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिई थप अनुुसन्धान भईरहेको जिप्रका का प्रमुख प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here