अशोक पहाडी ,
रौतहट,४ जेठ ।
आइतबारबाट गौरमा आइसोलेसन कक्ष संचालनमा आएको छ । आइतबार संक्रमण पुष्टि भएका १० जना कोरोना संक्रमितको सोही आइसोलेसन कक्षमा उपचार सुरु भएको छ । यसअघि जिल्लामा आइसोलेसन कक्ष नहुँदा वीरगञ्ज पठाइएको थियो ।
आइतबार पुष्टि भएका १० संक्रमितलाई सदरमुकाम गौर नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको हो ।
४० शैयाको आइसोलेसन तयार भएको र त्यहाँ जिल्ला अस्पताल गौरका चिकित्सकले सेवा दिने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताए ।
एकै दिनमा १० जना संक्रमित भेटिएको र वीरगञ्जमा पनि ठाउँ अभाव भएकोले चिकित्सकहरुको सल्लाहमा आइतबारबाट गौरमै आइसोलेसन सेवा शुरु गरेका हौं ।
गौरमा तयार पारिएको सो आइसोलेसन कोभिड लेभल १ को रहेको जिल्ला अस्पताल गौरका डा. कृष्ण साहले बताए । तीन–तीन जनाको दुई वटा टिममा एक मेडिकल अफिसर, एक पारामेडिक र एक नर्सिङ स्टाफ रहने उनले जानकारी दिए ।
सामान्य लक्षण देखिएकालाई मात्रै गौरमा राखिने र बिरामीको अवस्था असामान्य भएमा, आईसीयू वा भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आए रेफर गर्नुपर्ने साहले बताए ।
आइसोलेसनमा रहेका संक्रमितहरुलाई गौर नगरपालिकाले खाना खुवाउने ब्यावस्था गरेको नगर प्रमुख अजय गुप्ताले जानकारी दिएकाछन् ।
वीरगंजमा रहेको आइसोलेसनमा ठाउ अभाव भएका कारण गौर नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको आइसोलेसन कक्षा बनाएर आईतबारबाट उपचार सुरु भएको हो । हाल सो आइसोलेसनमा आवस्यक सम्पुर्ण पुर्वाधार तयार रहेको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here