अशोक पहाडी ,
रौतहट,४ जेठ ।
जिल्लाका सिमावर्ती नगरपालिकाहरुमा बनाईएका क्वारेन्टाइनमा आउनेको संख्या बढदै जान थालेको छ । जिल्लाको राजपुर नगरपालिकामा आइतबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै जना भारतको मुम्बईबाट ट्रकमा पाँच दिन लगाएर वैशाख ३१ गते सीमाक्षेत्र आइपुगेका थिय । राजपुर नगरपालिकामा मात्र अहिले क्वारेन्टाइनमा बस्नेको संख्या १०२ जना पुगेको छ ।
दैनिक ५०जनाको संख्यामा भारतको बिभिन्न स्थानबाट राजपुर आउनेक्रम रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले बताए । भारतबाट आउनेहरुलाई नगरपालिकाको ९ नम्बर वडामा रहेको महिला मर्दसामा राखिएको छ । ५ दिनदेखीको भारतको बिभिन्न सहरमा रहेकाहरु आउने क्रम बढेको ठाकुरले बताए ।
एक हजार जना सम्म अटने क्वारेन्टाइन रहेको र त्यस भन्दा बढी भारतबाट आएमा राख्न समस्या हुने ठाकुरको भनाइ रहेको छ ।
राजपुर नगरपालिकाका अधिकांस मानिस भारतको बिभिन्न सहरमा काम गर्न गएको ठाकुरको भनाइ रहेको छ ।
राजपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका २२ वर्षीय संक्रमितले आफूले ट्रकलाई ४ हजार भारु भाडा तिरेको सुनाए । रोजगारीका लागि दुई महिनाअघि मुम्बई पुगेका उनी त्यहाँ कपडामा बुट्टा भर्ने काम गर्थे ।
भारतबाट आएका उनीसहित २७ जना वैशाख ३१ देखि राजपुरको बैरियास्थित क्वारेन्टाइनमा बसेका छन् । तीमध्ये सात जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
जिल्लाको अर्को सिमावर्ती नगरपालिका ईशनाथमा समेत भारतबाट घर फर्कर्नेको संख्या बढदै जान थालेपछि समस्या उत्पन्न भएको मेयर सन्तोस मेहताले तराई एक्सप्रेसलाई बताए ।
भारतबाट फर्केका ७ सय जनालाई क्वारेन्टाइनमा ब्यावस्थित गर्न समस्या परेको मेयर मेहताको भनाइ रहेको छ ।
इशनाथ नगरपालिकामा दैनिक भारतबाट आउनेको संख्या बढदो रहेको छ । आईतबार मात्र भारतको बिभिन्न सहरबाट २५० जना इशनाथमा आएको मेयर मेहताले जानकारी दिए । यो संख्या अझै कति बढने हो ,ठेगान छैन ,मेहताले भने । केही दिनमा भारतबाट साडे तीन हजार मान्छे घर फर्कने सम्भावना रहेको उनको भनाइ रहेको छ । ब्यावस्थापनमा समस्या परेको उनले गुनासो गरे । नगरपालिकाका ५ वटा विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ । ठुलो संख्यामा भारतमा रोजगारीका लागि गएकाहरु घर फर्कन थालेपछि उनीहरुलाई कसरी क्रेन्टाइनमा राख्ने बडो समस्या भयो मेयर मेहताले तराई एक्सप्रेससंग भने ।
महंगो भाडा तीरेर रौतहटबाट भारतका बिभिन्न सहरमा बसोवास गरेकाहरु घर फर्कन थालेका छन् ।
राजपुर नगरपालिकाका संक्रमित युवकका अनुसार वैशाख २६ गते मुम्बईबाट ६० जनाले समूह बनाइे झन्डै २ लाख ४० हजार भारु ट्रकधनीलाई बुझाएर नेपालको सीमाक्षेत्रसम्मै ल्याइ दिएको थियो ।
जिल्लाका विभिन्न गाउँका उनीहरू आफूलाई अनुकूल पर्ने नाकाबाट छिर्दै थिए । त्यही क्रममा केही पक्राउ परे । लुकेर खेतैखेत गाउँनजिक पुगेका केहीले घरमा फोन लगाउन थाले । तर, परिवारले नआउन र क्वारेन्टाइनमा बस्न भनेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिय । राजपुरका एक स्थानीयले क्वारेन्टाइनको बसाइ पीडादायी रहेको सुनाए । कोरोनाका कारणभन्दा खान नपाएरै मरिने हो कि भन्ने चिन्ता रहेको बताउँछन् । ‘यहाँ न खानको ठेगान छ न बस्नको । औषधि–उपचार पनि छैन । रातभरि लामखुट्टेले टोकेर सुत्न दिँदैन,’ उनले तराई एक्सप्रेसलाई भने ।
प्रमुख जिल्ला अधिकारी वासुदेब घिमिरले राजपुर क्वारेन्टाइनको अवस्थाबारे बुझ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here