गुजरा/ रौतहटमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गए पनि यहाँको प्रशासनकै निर्देशनमा ब्यापक रुपमा लकडाउनको उलंघन भएको छ ! जिल्लामा आज आइतबार मात्रै राजपुर र इशनाथ नगरपालिकामा थप १० जना कोरोना संक्रमितको संख्या बढेको छ तर लकडाउन उलंघन हुदाँ समेत प्रशासन मुकदर्शक बन्दा स्थानीय बासिन्दा आतंकित बनेका छन् ! विकासको बाहानामा ठेक्केदारहरुले जिल्लाको दक्षिणी भेगमा जग्गा भाडामा लिएर नदी जन्य वस्तु भण्डारण गर्दै आएको समेत पाइएको छ ! राष्ट्रिय गौरवका आयोजनाको काम अधुरो हुने भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसँग ठेक्केदार कम्पनीले टिपर संचालन गर्न अनुमति लिएको भए पनि अनुमति बिपरित गुजरा नगरपालिकाको खोलाबाट अनाधिकृत तरिकाले नदी जन्य वस्तु निकालेर भण्डारण गरेकाे छ । गुजरा नगरपालिकामा विकास निर्माणको नाममा ३ दिन देखि दर्जनौ टिपरले लकडाउनको उलंघन गर्दै खोला दोहन गर्दै आएको भए पनि स्थानीय प्रशासन र नगरपालिकाले बेवास्ता गर्दै आएको स्थानीय बासिन्दा निरोज पोखरेलले बताए ! त्यसै गरी स्थानीयले टिपर संचालनको बिरोध गर्दै प्रहरीलाई जानकारी गराउदा समेत माथिको आदेश भन्दै प्रहरी पन्छिने गरेको वडा नम्वर ४ का वडा अध्यक्ष पवन राज गिरीले बताए ! स्थानीय पुरै कोरोनाको आतंकले त्रसित छन तर पनि कमिशनको खेलले लकडाउन उलंग्घन गर्दै दर्जनौ टिपर अनाधिकृत तरिकाले खोला दोहन गरेर जिल्लाको दक्षिणी भेगमा लैजादा समेत नगर प्रमुख मौन बस्नु गलत भएको समेत अध्यक्ष गिरीले बताएका छन ! विकासको नाममा खोलाबाट नदी जन्य वस्तु दोहन गरेर भण्डारण गर्ने गरेको छ नि भन्ने जिज्ञासामा आफूलाई थाहा नभएको र यदि त्यस्तो काम भए नभए पनि आज देखि टिपर संचालनमा रोक लगाउने नगर प्रमुख सन्तलाल चौधरीले बताएका छन भने बिहान स्थानीय बासिन्दाहरू भेला भएर केही बेर टिपर संचालनमा रोक लगाएको भएपनि त्यसलाई बेवास्ता गर्दै पुन टिपर संचालनमा ल्याएको छ !
तस्बिरहरु / ओम किशोर चौधरी


